स्याङ्जाको कालीगण्डकी गाउँपालिका-१ चण्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका-१४ अर्गली र गुल्मीमा रुरुक्षेत्र गाउँपालिका–१ रिडी जोड्ने पुलको काम अन्तिम चरणमा पुगेको हो।
समितिमा गृह, अर्थ, शिक्षा, विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, सहरी विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय एवं राष्ट्रिय योजना आयोगका सचिव सदस्य र वन तथा वातावरण...
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा सोमबार आयोजित विशेष समारोहका बीच उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेलले फूलमालाका साथ मायाको चिनो प्रदान गरी बिदाइ...
किसान क्रेडिट कार्डको व्यवस्था, कृषि तथा पशुपक्षीपालन उद्यमीलाई संरक्षण गर्न विद्युत् तथा पूर्वाधारको विकास, कर्जामा सहुलियतलगायत सुविधा उपलब्ध गराउन महासंघले माग गरेको हो।
घोराही उपमहानगरपालिका वातावरण तथा विपद् व्यवस्थापन शाखाबाट आर्थिक वर्ष २०७८/७९ मा विनियोजित रु पाँच लाख र टोलवासीको जनश्रमदानबाट उद्यान निर्माण गरी वडावासीले उदाहरणीय काम गरेका हुन्।
घरमा शारदालाई दुई सन्तानको हेरचाहबाटै फुर्सद मिल्दैन। त्यसैले घरायसी काम सबै दिलबहादुर आफै गर्छन्। फुर्सद मिल्यो भने कहिलेकाँही श्रीमतीको साहारामै बाहिर डुल्न निस्कन्छन्।
सिसडोल जाने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाले गरेको अवरोधका कारण यही चैत १८ गतेदेखि काठमाडौँ फोहर व्यवस्थापन हुन सकेको थिएन।
ललितपुरको हरसिद्धि गाउँबाट देवगणहरूसहितले ल्याएको देवतालाई पनौती बजारमा रहेको हरसिद्धि पाटीमा राखेर पूजाआजा गर्ने र बोका बलि चढाएर बजार परिक्रमा गरेर पहिलो दिनको जात्रा सम्पन्न गरेको छ।
जीवनशैली हेर्दा लाग्छ, बाजुरामा देखिने पहाडभन्दा अग्ला उनीहरुका समस्याहरु छन्। कतिपय महिलाहरुको त व्यथा लागेपछि स्वास्थ्य चौकी लाने क्रममा बाटैमा गर्भ तुहिन्छ। त्यसैले अधिकतम महिलाहरु दक्ष स्वास्थ्यकर्मी बिना घरमै बच्चा...
सोमबार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको २८औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले राजनीतिक व्यक्तिहरु प्रदुषित हुँदा बागमती नदी पनि प्रदुषित बन्न पुगेको टिप्पणी गरिन्।
राष्ट्रिय पुननिर्माण प्राधिकरणद्वारा २०७६ सालमा निर्माण गरेको विद्यालयको युपिभिसी छाना प्वाल पारेर पठन पाठमानमा समस्या भएको छ। असिनाले प्वाल पार्ने छानाको गुणस्तरमा समेत पश्न चिन्ह खडा भएको छ।
आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधामस्थित भानु चौकस्थित एक चिया पसलबाट घुसवापत सेवाग्रहीसँग लिएको पाँच लाख रकमसहित प्रमुख झालाई पक्राउ गरेको हो।
उनले बजारका केही परिवारलाई आफ्नो नियमित ग्राहक बनाएका छन्। सिजन अनुसारका तरकारी र प्लाष्टिक घरमा बेसिजनका तरकारीसमेत उत्पादन गरेर शर्माले आफ्ना ग्राहकलाई तरकारी दिन्छन्।