आइतबार, असार ७, २०८३

यौन दुर्व्यवहार आरोपमा प्रिन्सिपल पक्राउ

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्।
 |  बुधबार, चैत ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ३०, २०७८

खोटाङ- खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्। 

National life

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ नुनथलास्थित महुरेगढी बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल इन्द्रप्रसाद आचार्यलाई प्रहरीले छात्राहरूमाथी यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको छ।

शिक्षालयमा अध्ययनरत छात्राहरूले आफूहरूलाई पटक-पटक यौनजन्य हिंसा गर्दै आएको र मंगलबार पनि दुई जना छात्राहरूबाट आफूहरूमाथि यौनजन्य हिंसा गरेको भन्ने गुनासो आएपछि नेकपा एमाले र नेकपा माओवादी निकट विद्यार्थीहरूले प्रिन्सिपल आचार्यलाई शिक्षालयमै गएर कालो मोसो दलेका थिए।

उनलाई जिल्ला प्रहरी कार्यालय दिक्तेलमा लगेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 13, 2022| 07:38 बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।