मंगलबार, साउन २६, २०८३

झापाका १३ विद्यालयमा संरचना निर्माण

समाजले कचनकवल गाउँपालिकाका नौ र झापा गाउँपालिकाका चार सामुदायिक विद्यालयमा एक करोड ९० लाख बराबरको संरचना निर्माण गरेको छ।
 |  बुधबार, चैत ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ३०, २०७८

झापा- नारी कल्याण समाज अर्जुनधाराले झापाका दुई पालिकाका १३ विद्यालयमा विभिन्न संरचना निर्माण गरेको छ। 

समाजले कचनकवल गाउँपालिकाका नौ र झापा गाउँपालिकाका चार सामुदायिक विद्यालयमा एक करोड ९० लाख बराबरको संरचना निर्माण गरेको छ।

'गुड नेभर्स इन्टरनेशनल नेपाल'को आर्थिक तथा प्राविधिक सहयोगमा संरचना निर्माण गरेको समाजकी अध्यक्ष प्रेमाकुमारी भट्टराईले जानकारी दिइन्। 

कचनकवल–५ पाठामारीको जानकी आधारभूत विद्यालयमा दुईकोठे पक्की भवन, महिनावारी तथा अपाङ्गमैत्री शौचालय, बालमैत्री खानेपानीको धारा जडान गरिएको छ।

कचनकवल–४ को महेन्द्ररत्न मावि,  कचनकवल–२ को लक्ष्मीप्रसाद देवकोटा मावि, कचनकवल–१ को बुद्ध मावि, कचनकवल–७ को जानकी मावि, जनता मावि र शिव मावि तथा कचनकवल–३ को सरस्वती आधारभूत विद्यालयमा शौचालय, खानेपानीको धारा जडान र मर्मत गरिएको छ। 

कचनकवलका विद्यालयको संरचना निर्माणमा एक करोड ३५ लाख खर्च भएको अध्यक्ष भट्टराईले बताए। झापा गाउँपालिकाको १० लाख र गुड नेभर्स इन्टरनेशनल नेपालको ५५ लाखको लागतमा झापा–२ स्थित कुवाडीदेवी माविमा दुईकोठे पक्की भवन, शौचालय र खानेपानीको धारा जडान, ५ नं वडाको महेन्द्र माविमा शौचालय, खानेपानीको धारा जडान तथा वडा नं ३ को सिमलबाडी आधारभूत विद्यालय र वडा नं १ को सरस्वती आधारभूत विद्यालयमा खानेपानीको धारा जडान गरिएको छ।

ती संरचना निर्माणपछि समाजले सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरेको छ। 

प्रकाशित: Apr 13, 2022| 08:45 बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।