मंगलबार, साउन २६, २०८३

भन्सार छलेर ल्याएको २० लाख मूल्यको बिस्कुट बरामद

प्रहरीले बिस्कुटसहित भारतीय नम्बर प्लेटको कन्टेनर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ।
 |  बुधबार, चैत ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ३०, २०७८

झापा- झापामा भन्सार छलेर अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको २० लाखको बिस्कुट प्रहरीले बरामद गरेको छ। प्रहरीले बिस्कुटसहित भारतीय नम्बर प्लेटको कन्टेनर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार मंगलबार राति भारतबाट नेपाल भित्रँदै गरेको आर जे१८जी वी ३७२१ नंको कन्टेनरलाई जाँचका क्रममा भन्सार गरेको कागजात नभेटिएपछि कन्टेनर चालक शिशराम गोर्सीसहित सवारीलाई नियन्त्रणमा लिइएको हो। 

कन्टेनरमा बीस लाख मूल्य बराबरको बिस्कुट रहेको र सवारीको मूल्य २५ लाख गरी ४५ लाख मूल्यसहित आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टा पठाइएको प्रहरीले जनाएको छ।


प्रकाशित: Apr 13, 2022| 07:50 बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।