मंगलबार, साउन २६, २०८३

वीर अस्पतालबाट बलात्कार मुद्दाका कैदी फरार

वीर अस्पतालबाट एक कैदी फरार भएका छन्। उपचारका लागि अस्पताल पुर्‍याइएका कैदी बुधबार राति फरार भएको प्रहरीले जनाएको छ।
 |  बुधबार, चैत ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ३०, २०७८

काठमाडौं- वीर अस्पतालबाट एक कैदी फरार भएका छन्। उपचारका लागि अस्पताल पुर्‍याइएका कैदी बुधबार राति फरार भएको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-३ कुन्चोक करमडाँडा घर भएका ४५ वर्षीय राजेश तिरुवा अस्पतालबाटै फरार भएका हुन्।

तिरुवालाई सिन्धुपाल्चोक प्रहरीले गत माघ १७ गते बलात्कार आरोपमा कुन्चोकबाट पक्राउ गरेको थियो। गत माघ १६ गते एक महिलालाई उनले बलात्कार गरेको आरोप लागेको थियो।

बलात्कार आरोपमा उनलाई सिन्धुपाल्चोक जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो। 

प्रकाशित: Apr 13, 2022| 11:56 बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।