मंगलबार, साउन २६, २०८३

'माउन्टेन बाइक एडभेन्चर च्यालेन्ज' प्रतियोगिता

एघार किलोमिटर दूरीमा हुने उक्त प्रतियोगिातको विजेताले रु २० हजारसहित ट्रफी प्राप्त गर्नेछन्। दोस्रोले १५ हजार र तेस्रोले १० हजारसहित ट्रफी पाउनेछन्।
 |  बुधबार, चैत ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ३०, २०७८

झापा- नयाँ वर्षका अवसरमा इलाममा आजदेखि 'माउन्टेन बाइक एडभेन्चर च्यालेन्ज' प्रतियोगिता सुरु हुँदैछ। उक्त प्रतियोगिता सूर्योदय नगरपालिकामा हुन लागेको हो। 

एघार किलोमिटर दूरीमा हुने उक्त प्रतियोगिातको विजेताले २० हजारसहित ट्रफी प्राप्त गर्नेछन्। दोस्रोले १५ हजार र तेस्रोले १० हजारसहित ट्रफी पाउनेछन्। प्रतियोगितामा ३० वर्षमाथि उमेर समूहकाले प्रतिस्पर्धा गर्न पाउने छन्।

इलामसहित, झापा, मोरङ, सुनसरी र पाँचथरका गरी ५० जनाभन्दा बढीको सहभागिता रहने प्रतियोगिता संयोजक शरण फागोले जानकारी दिए। 

फिक्कल चोक बजारबाट सुरु हुने सो प्रतियोगिता नयाँ चोक–केराबारी–आले–शहीद चोक– १० नं वडा कार्यालय–फिक्कल रिङ रोड, बरबोटे हुँदै चोक बजारमा आएर समाप्त हुनेछ। 'स्वास्थ्यका लागि साइकल प्रयोग गरौँ' भन्ने सन्देश प्रवाह गर्न प्रतियोगिता सञ्चालन गरिएको हो।  प्रतियोगिताबाट पर्यटक आकर्षित गर्न सकिने अपेक्षा आयोजकले गरेको छ।

प्रकाशित: Apr 13, 2022| 08:00 बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।