मंगलबार, साउन २६, २०८३

घूस रकमसहित प्रधानाध्यापक पक्राउ

तीन लाख घुस रकमसहित रौतहटबाट एक प्रधानाध्यापक पक्राउ परेका छन्।
 |  बुधबार, चैत ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ३०, २०७८

काठमाडौं- तीन लाख घुस रकमसहित रौतहटबाट एक प्रधानाध्यापक पक्राउ परेका छन्। 

श्री बिश्‍वेश्‍वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय जोकहाका प्रधानाध्यापक राकेशकुमार ठाकुर घुस रकमसहित पक्राउ परेका हुन्।

करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग तीन लाख घूस माग गरिरहेको भन्‍ने उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। 

अख्तियार टोलीले दिपेन्द्र सर्जिकल पसलका सञ्चालक दिपेन्द्रकुमार झालाई पनि यमुनामाई गाउँपालिका वडा नम्बर-४, सरुअठ्ठास्थित चन्द्रनिगाहपुरबाट नियन्त्रणमा लिएको जनाएको छ।

प्रकाशित: Apr 13, 2022| 11:19 बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।