मंगलबार, साउन २६, २०८३

आज पूर्वी तथा मध्य पहाडी क्षेत्रमा वर्षाको सम्भावना

देशका अधिकांश भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
 |  बुधबार, चैत ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ३०, २०७८

काठमाडौं- देशका अधिकांश भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आंशिक बदलीको सम्भावना रहेको महाशाखाको भनाइ छ।

आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहने छ। 

प्रदेश १, बागमती  र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैगरी राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ। प्रदेश १ को पहाडी भूभागमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। 

देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रकाशित: Apr 13, 2022| 06:55 बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।