मंगलबार, साउन २६, २०८३

भिरबाट ढुङ्गा खस्दा जिप चालकको मृत्यु

छविसपाथिभेरा गाउँपालिकाको बाहुनडाँडाबाट मोरीबगरतर्फ आउँदै गरेको से१ज ६७६ नम्बरको जिपमाथि भिरबाट ढुङ्गा खस्दा जिप ४०० मिटर तल सेती नदीमा खसेको हो।
 |  बुधबार, चैत ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ३०, २०७८

बझाङ- बझाङको छविसपाथिभेरा गाउँपालिका–१ भाँडेबजारस्थित किन्द्राल भिरमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

छविसपाथिभेरा गाउँपालिकाको बाहुनडाँडाबाट मोरीबगरतर्फ आउँदै गरेको से१ज ६७६ नम्बरको जिपमाथि भिरबाट ढुङ्गा खस्दा जिप ४०० मिटर तल सेती नदीमा खसेको हो।  

चालक छविसपाथिभेरा गाउँपालिका–३ बामनडाँडाका ५० वर्षीय जयबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए। चालकको शव परीक्षणका लागि जिल्ला अस्पताल सिमखेत ल्याइँदै छ। जिपमा अरू कोही पनि सवार नभएको प्रहरीले जनाएको छ। 

प्रकाशित: Apr 13, 2022| 10:08 बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।