आइतबार, असार ७, २०८३

अटोमेटिक पेस्तोलसहित दुई जना पक्राउ

पक्राउ परेका दुवै जनामाथि हातहतियार खरखजना अन्तर्गत मुद्दा चलाइएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।
 |  मंगलबार, चैत २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २९, २०७८

जनकपुर- अटोमेटिक पेस्तोलसहित जनकपुरधामबाट प्रहरीले दुई युवालाई पक्राउ गरेको छ।

National life

पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका–९ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने ३० बर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरी मनरासिसवा नगरपालिका–१ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने १९ वर्षीय लोटस भन्ने अभिषेककुमार सिंह रहेको प्रहरीले जनाएको छ।

हातहतियार बोकी ज७प ७९३२ नंको पल्सर मोटरसाइकलमा रामानन्द चोकबाट प्रादेशिक अस्पतालतर्फ गइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शरीर खानतलासी गर्दा सिंहको साथबाट एक थान अटोमेटिक पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

पक्राउ परेका दुवै जनामाथि हातहतियार खरखजना अन्तर्गत मुद्दा चलाइएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।

प्रकाशित: Apr 12, 2022| 11:15 मंगलबार, चैत २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।