राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनको कृष्ण मन्दिर दर्शन गरेकी छन्। भाद्र कृष्ण अष्टमी अर्थात ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वका अवसरमा शुक्रबार उनले पाटनको कृष्ण मन्दिर आएर जल तथा प्रसाद ग्रहण गरेकी हुन्।
स्थानीयले अवरोध हटाएसँगै शुक्रबार २८७ फोहोर बोकेका गाडी ल्यान्डफिल साइट बञ्चरेडाँडा पुगेको महानगरपालिकाका प्रमुख बालेन्द्र साहले फेसबुकमा जानकारी दिएका छन्।
सजिलै कमाउन सकिने लालचा, दोषी ठहरिए पनि उम्किन सक्ने वातावरण, राजनीतिक उच्च तहबाट संरक्षण पाएका र आपराधिक मानसिकता भएका व्यक्तिले बिमा रकम कुम्ल्याउन अपराधको बाटो समाउने गरेको पाइएको छ।
नेपालगन्ज मेडिकल कलेजमा अध्यनरत एक विद्यार्थी मृत फेला परेका छन्। एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत २५ वर्षीय सिद्धार्थ वैश्य बिहीबार दिउँसो झुण्डिएको अवस्थामा फेला परेका हुन्।
सन्जोग टुर्स एण्ड ट्राभल्स प्रालिमा लुकाइछिपाइ राखेको रकम र हुण्डीको भुक्तानी गर्न आएका अङ्कित गोयन्काका कर्मचारी साह र गोयन्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो।