शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदीप गिरीका लागि स्वास्थ्यलाभको प्रार्थना गर्न पत्नी भारतीको अपिल

प्रदीप गिरीका लागि स्वास्थ्यलाभको प्रार्थना गर्न पत्नी भारतीको अपिल

गिरीपत्नी भारती सिलवाल गिरीले शनिबार वक्तव्य जारी गर्दै उनको स्वास्थ्यलाभको प्रार्थना गर्न सबैसमक्ष अपिल गरेकी हुन्।
 |  शनिबार, भदौ ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ४, २०७९

काठमाडौं– ललितपुरको मेडिसिटी अस्पतालमा  उपचाररत कांग्रेस नेता एवं सांसद प्रदीप गिरीको स्वास्थ्य अवस्था जटिल बनेको छ। गिरीपत्नी भारती सिलवाल गिरीले शनिबार वक्तव्य जारी गर्दै उनको स्वास्थ्यलाभको प्रार्थना गर्न सबैसमक्ष अपिल गरेकी हुन्।

भारतमा क्यान्सरको उपचार गरेर फर्किएका गिरी झन्डै एक महिनाअघि मेडिसिटी अस्पताल भर्ना भएका थिए। क्यान्सरका कारण देखिएको समस्या र निमोनिया भएर अस्पताल भर्ना भएको भारतीले बताएकी छन्। वक्तव्यमा भनिएको छ, ‘यसले धेरै अंग फेल भइरहेका छन्।’

यद्यपि अहिले पनि डाक्टरको टिम उपचारमा जुटिरहेकाले उनले धन्यवाद दिएकी छन्। पतिको स्वास्थ्यलाभको कामना गर्न समर्थनकलाई आग्रह गरेकी छन्।


प्रकाशित: Aug 20, 2022| 15:55 शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।