शनिबार, जेठ २, २०८३

मकवानपुरमा राहदानी लिनेको संख्यामा वृद्धि

जिल्ला प्रशासन कार्यालयका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष अर्थात् गत आर्थिक वर्षमा राहदानी लिनेको संख्या अत्यधिक भएको जानकारी दिइएको छ।
 |  आइतबार, भदौ ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ५, २०७९

मकवानपुर- मकवानपुरमा राहदानी लिनेको संख्या बढ्दै गएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष अर्थात् गत आर्थिक वर्षमा राहदानी लिनेको संख्या अत्यधिक भएको जानकारी दिइएको छ।

National life

कार्यालयबाट प्राप्त जानकारीअनुसार गत आर्थिक वर्ष २०७८/७९ मा छ हजार पाँच सय ३२ जनाले राहदानी लिएका थिए भने अघिल्लो वर्ष २०७७/७८ मा तीन हजार पाँच सय २४ जनाले राहदानी लिएका थिए। झण्डै यो संख्या दोब्बर रहेको छ।

गत आव २०७८/७९ मा सो कार्यालयबाट छ हजार नौ सय ४७ जनालाई राहदानीका लागि साधारण सिफारिस भएको थियो भने चार हजार एक सय ३८ जनाको द्रुत सिफारिस भएको थियो। त्यसमध्ये प्रिन्ट भएर आएकामध्ये चार सय १५ राहदानी वितरण हुन बाँकी रहेको बताइएको छ।

त्यस्तै कार्यालयबाट अघिल्लो आव २०७७/७८ मा तीन हजार पाँच सय २४ राहदानी वितरण भएको थियो। त्यसमध्ये आठ सय ५० राहदानी वितरण हुन बाँकी रहेको छ। सो अवधिमा चार हजार तीन सय ७४ राहदानीका लागि साधारण सिफारिस भएको थियो भने दुई हजार नौ सय ५१ द्रुत सिफारिस भएको थियो।

यसैगरी उक्त कार्यालयले गत आर्थिक वर्षमा विभिन्न प्रकृतिका एक सय ५६ मुद्दा फछर्यौट गरेको जनाएको छ। गत आवमा दर्ता भएका एक सय ४९ मुद्दा तथा अघिल्लो आवबाट जिम्मेवारी सरेर आएका ३६ मुद्दामध्ये एक सय ५६ मुद्दा फछर्यौट भएको सो कार्यालयबाट बुझिएको छ। बाँकी २९ मुद्दा चालु आवमा सरेर आएको छ।

कार्यालयमा आव २०७८/७९ मा ५३ वटा नयाँ संस्था दर्ता तथा तीन सय सात संस्थाको नवीकरण भएको छ भने सोही अवधिमा दुई पत्रपत्रिका दर्ता गरी सञ्चालन गर्न अनुमति दिइएको बताइएको छ।

प्रकाशित: Aug 21, 2022| 06:23 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।