शनिबार, जेठ २, २०८३

पहिरोका कारण मकवानपुरको विभिन्न सडकखण्ड अवरुद्ध

वर्षासँगै आएको पहिरोका कारण सिस्नेरी सडकखण्ड र कान्तिलोकपथ सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
 |  आइतबार, भदौ ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ५, २०७९

मकवानपुर- गए रातिको वर्षाका कारण आएको पहिराले गर्दा मकवानपुरका विभिन्न स्थानका सडकखण्ड अवरुद्ध भएका छन्। वर्षासँगै आएको पहिरोका कारण सिस्नेरी सडकखण्ड र कान्तिलोकपथ सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

National life

जिल्लाको सिस्नेरी सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ भाल्टारमा राति आएको पहिरोका कारण उक्त सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ। प्रहरीका अनुसार पहिराका कारण हेटौँडा–भीमफेदी हुँदै काठमाडौं जाने छोटो दूरीको मार्ग भएर सञ्चालन हुने सवारीसाधन रातिदेखि नै वैकल्पिक सडक प्रयोग गरेर सञ्चालन भइरहेको कार्यालयका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिए।

यस्तै पहिरो जाँदा कान्तिराजपथ सडकखण्ड पनि अवरुद्ध भएको छ। हेटौंडाबाट ललितपुर हुँदै काठमाडौं जोड्ने उक्त सडकखण्डको विभिन्न स्थानमा पहिरो जाँदा यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार हेटौँडाबाट काठमाडौं जोड्ने सडकखण्डअन्तर्गत ललितपुरको भट्टेडाँडामा गए राति वर्षासँगै आएको पहिरोका कारण उक्त सडकखण्ड अवरुद्ध भएको हो।

यस्तै उक्त सडकखण्डअन्तर्गत मकवानपुरगढी गाउँपालिकाको बगुवा खोलामा पनि पहिरो गएको छ। उक्त सडक खुलाउने प्रयास भइरहेको जनाइएको छ। बर्खायाम लागेसँगै विभिन्न स्थानमा पहिरोका कारण यातायात अवरुद्ध हुने गरेको छ। प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार जिल्लाको त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र कुलेखानी–फाखेल सडकखण्डमा भने सवारीसाधन सञ्चालनमा रहेको छ।

प्रकाशित: Aug 21, 2022| 11:15 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।