शनिबार, जेठ २, २०८३

रैथाने नकटा हाँस संकटमा

कैलाली र कञ्चनपुरमा मात्रै पाइने नकटा हाँसको बासस्थान मासिँदै जान थालेपछि सङ्कटमा परेको छ।
 |  आइतबार, भदौ ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ५, २०७९

कैलाली- कैलाली र कञ्चनपुरमा मात्रै पाइने नकटा हाँसको बासस्थान मासिँदै जान थालेपछि सङ्कटमा परेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका कालिकिच, सिकारी तालसँगै निकुञ्ज बाहिरका पुरैनी, शोभालगायतका तालक्षेत्र आसपासका क्षेत्रमा सो प्रजातिको हाँस पाइने गर्छ। कैलालीको घोडाघोडीलगायतका ताल आसपासका क्षेत्रमा सो हाँसको बासस्थान रहेको छ।

National life

यसको सङ्ख्यामा केही समययतादेखि कमी आएको छ। ताल–तलैयाहरू मानव अतिक्रमणको चपेटामा पर्नु र स्थानीय बासिन्दाले शिकार गर्ने गरेका कारणसमेत  हाँसका सङ्ख्यामा कमी आउन थालेको हो। सङ्कटापन्न अवस्थामा रहेको नकटा हाँस जोगाउनका लागि स्थानीय बासिन्दालाई जैविक विविधता संरक्षणसँगै चरा संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गरी सचेत पार्नुपर्ने चरा संरक्षणको कार्यमा संलग्न सुमन चौधरीले बताए।

‘निकुञ्ज आसपासका ताल–तलैया क्षेत्रमा मात्रै नकटा हाँस देखिने गरेको थियो’, उनले भने, ‘हाल यस प्रजातिको हाँस घना बस्ती नजिकका ताल–तलैयामा समेत देखिन थालेको छ। यसको संरक्षण गर्नु जरुरी छ।’ बेलौरी नगरपालिकाको शोभाताल क्षेत्रमा पाँच बढीको सङ्ख्यामा नकटा हाँस पहिलोपटक देखापरेको उनले बताए।

नेपाल पक्षी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराका अनुसार नकटा हाँस नेपालको रैथाने प्रजातिका सबैभन्दा ठूलो प्रजातिको हाँस हो। यस हाँसले वर्षात्को समय सुरु भएसँगै बच्चा कोरल्ने गर्दछ। रुखको टोड्का, अरु चराले छाडेका गुँड, ठूलो घाँसको झाडीमा अण्डा पार्ने गर्दछ। पोथीले एकपटकमा १० देखि १५ सम्म अण्डा पार्ने गर्दछ। अण्डा पारेको २५ देखि ३० दिनमा बच्चा कोरल्ने गर्दछ। नकटा हाँस काला छिर्कापूर्ण सेतो–सेतो टाउको र सेतो–सेतो तल्लो भाग साथै अपूर्ण साँघुरो छातीपेटी हुने गर्दछ। माथिल्लो र तल्लो पखेटा कालो हुन्छ।

भालेको कालो–कालो माथिल्लो भागमा टल्कने ढलौटे हरियो, निलो र हरियो रङको हुन्छ। ठोँडको फेदमा पुष्ट सिउर साथै ग्रिष्ममा टाउको छेउ र गर्दनमा पहेलो–पहेलो मैलो बगेको जस्तो देखिने हुन्छ। हिउँदमा सिउर सानो पोथी साना नापको माथिल्लो भाग बढी धमिलो हुन्छ। सिउर नभएको बच्चाको गाढा तालु र आँखीधर्सोभन्दा भिन्न देखिने फिक्का आँखीभौँ माथिल्लो भागमा मैला कत्ला र कैलोमैलो तल्लो भाग साथै छातीको छेउमा गाढा कत्ला हुन्छन्।

सिमसार तथा जलसिञ्चित घाँसेमैदानमा चर्ने र छिपछिपे पानीमा खेल्ने गर्दछ। धेरै जलीय वनस्पति भएका जङ्गलभित्रका तालतलैयामा यो बढी बस्न रुचाउने गर्दछ। रैथाने प्रजातिको यस हाँसलाई नेपालमा सङ्कटापन्नको सूचीमा सूचीकृत गरिएको छ। ‘यस हाँसको स्वभाव अरु भन्दा भिन्न हुने गर्दछ’, चराविज्ञ डगौराले भने, ‘यो हाँस अरु हाँसका झुण्डमा मिसिएर बस्ने गरेको पनि पाइएको छ।’

‘यस हाँसको सङ्ख्या थोरै मात्र छ। त्यसैले सङ्कटमा छ’, उनले भने, ‘केही दिनअघि कैलालीका तालतलैयामा गरिएको सर्भेक्षणमा यसको सङ्ख्या ४५ मात्रै रहेको पाइएको छ। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र त्यस आसपासका तालतलैया क्षेत्रमा यसको सङ्ख्या ६० को हाराहारीमा रहेको रहेको अनुमान गरेका छौँ।’ यस हाँसले आहाराका रूपमा किरा–फट्याङ्ग्रा, माछा, जलीय वनस्पतिलाई ग्रहण गर्दछ।

अङ्ग्रेजीमा यसलाई कम्बडक भनेर चिनिन्छ। नकटा हाँस संकटापन्न अवस्थामा रहेकाले यसको संरक्षणमा सबैले चासो दिनुपर्ने चराविज्ञ डगौराको भनाइ छ। ’सुदूर तराईका दुई जिल्लाको रैथानेमध्येको ठूलो प्रजातिको हाँस नकटा भएकाले यसको संरक्षणसँगै बासस्थान सुरक्षित बनाउन सकेमात्र यसलाई जोगाउन सकिन्छ’, उनले भने।  -रासस

प्रकाशित: Aug 21, 2022| 08:00 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।