शनिबार, जेठ २, २०८३

'जाग्यो नेपाल'का अभियन्ताले गरे गहनापोखरीको सफाइ

जाग्यो नेपालका अभियन्ताहरुले शनिबार बिहान काठमाडौंको गहनापोखरी सरसफाइ गरेका छन्।
 |  शनिबार, भदौ ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ४, २०७९

National life

काठमाडौं– जाग्यो नेपालका अभियन्ताहरुले शनिबार बिहान काठमाडौंको गहनापोखरी सरसफाइ गरेका छन्। स्थानीयको सहयोगमा पोखरीको लेउ हटाउने, पोखरी वरिपरिको घाँस काट्ने, रुख बिरुवाका फैलिएका हाँगा हटाउने तथा छिमल्ने काम गरिएको हो।

शनिबार र बिदाका दिन बिहानको समय सदुपयोग गरी विभिन्न सार्वजनिक स्थानहरु सफा गर्ने गरिएको अभियानका संयोजक विजय कँडेलले बताए। राजधानीलाई धुलोरहित बनाउने अभियानसहित जाग्यो नेपालले करिब ५ वर्षअघि सफाइ अभियान थालेको हो। 

यसअघि कोरोना भाइरस लगायतका कारण सफाइ अभियान नियमित गर्न नसकिएको जनाउँदै कँडेलले आगामी दिनमा प्रत्येक शनिबार विभिन्न स्थान सफा गरिने बताए।

प्रकाशित: Aug 20, 2022| 18:07 शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।