शुक्रबार, साउन १५, २०८३

उत्तर भारतमा बाढीमा परी १५ जनाको मृत्यु

भारतको उत्तरी पहाडी राज्य हिमाचल प्रदेशमा शनिबार अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु हुनाका साथै अन्य आठ जना बेपत्ता भएको टाइम्स अफ इन्डियाले जनाएको छ।
 |  आइतबार, भदौ ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ५, २०७९

नयाँ दिल्ली- भारतको उत्तरी पहाडी राज्य हिमाचल प्रदेशमा शनिबार अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु हुनाका साथै अन्य आठ जना बेपत्ता भएको टाइम्स अफ इन्डियाले जनाएको छ। 

बेपत्ताहरुको खोजी कार्य जारी रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने आशङ्का गरिएको छ। अविरल वर्षाले राज्यको मण्डी र चम्बा जिल्ला सबैभन्दा बढी प्रभावित भएको बताइएको छ। मण्डी जिल्लाका एक बासिन्दाले सिन्ह्वालाई फोनमा  भनेका छन्, 'यी ठाउँहरूमा सामान्य जनजीवन अस्तव्यस्त भएको छ।'

रिपोर्टका अनुसार मण्डी जिल्लाको एउटा गाउँमा पहिरोमा परी घर भत्किँदा एकै परिवारका आठ जनाको मृत्यु भएको छ। उनीहरुको शव फेला परिरसकेको छ।

सोही जिल्लामा  छुट्टै बाढीमा दुई जनाको मृत्यु भएको छ भने पाँच घर डुबानमा परेका छन्। यसबाहेक चम्बा जिल्लामा पहिरोले घर भत्किँदा एक महिलासहित तीन जनाको मृत्यु भएको छ। बाढी र पहिरोका कारण घर भत्किने यस्ता थुप्रै घटनाहरू अन्यत्र पनि रिपोर्ट गरिएको छ जसमा कम्तीमा दुई जनाको मृत्यु भएको बताइएको छ। सो क्षेत्रहरूमा  स्थानीयहरूलाई सचेत रहन आग्रह गरिएको छ।

प्रकाशित: Aug 21, 2022| 00:15 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।