देशका विभिन्न ठाउँमा बिहीबार बिहानदेखि वर्षा भइरहेको छ। प्रदेश-१, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको हो।
रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ।
काठमाडौंको बुद्धनगरमा निर्माणाधीन घरको ६ तलामाथिबाट हाम फालेर किशोर-किशोरीले आत्महत्या गरेका छन्। बुद्धनगरमा निर्माणका क्रममा रहेको घरको छैटौं तलामा गएर १४ वर्षीय किशोर-किशोरीले आत्महत्या गरेका हुन्।
सरकारी सार्वजनिक निकाय गुठी संस्थानलाई नै प्राप्त हुनु पर्ने रकम किर्ते मोही खडा गरी मुआब्जा दिई उनीहरुले बदनियतसाथ १ करोड १४ लाख ६६ हजार ६ सय ६७ रुपैयाँ भ्रष्टाचार गरेको...
न्यायपरिषद्को बैठकले जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीलाई बर्खास्त गरेको छ। बिहीबार बसेको परिषद् बैठकले न्यायाधीश अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो।
कीर्ते कागजात पेस गरी नागरिकता लिएका मनिषकुमार पुर्पक्षका लागि थुनामा रहेको अवस्थामा अदालतमा हाजिर भएका उनका 'कीर्ते बा' अजितकुमारलाई भने न्यायाधीश राउतले 'इन्कारी बयानका आधारमा’ धरौटीमा रिहा गरेका हुन्।
नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ र कञ्चन निरौलाबीच आज बिहे भएको छ। किरणले प्रेमिका कञ्चनसँग बालुवाटारस्थित एक पार्टी प्यालेसमा बिहे गरेका हुन्।
हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा दोर्दी गाउँपालिकामा निर्माण गरेको दोर्दी जलविद्युत् आयोजना सम्पन्न भएसँगै मंगलबारदेखि बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो।
घोराही उपमहानगरपालिका वडा नम्बर १२ को विकट पहाडी इलाकामा पर्ने गुरउँ गाउँमा मंगलबार बेलुकी ६ बजे लागेको चट्याङमा परेर स्थानीय १६ वर्षीया दीपा घर्ती र १८ वर्षीया मनिषा शाहको मृत्यु...