शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रिय भूमि आयोगद्वारा पर्सामा नापनक्साको काम सुरु

राष्ट्रिय भूमि आयोगद्वारा पर्सामा नापनक्साको काम सुरु

यसअघिका आयोगले छाडेका अधुरो काम अघि बढाउन सबै पालिकामा लगत संकलनको काम जारी रहेको भूमि आयोग पर्साका अध्यक्ष तवरेज अहमदले जानकारी दिए।
 |  शुक्रबार, भदौ १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १७, २०७९

पर्सा- राष्ट्रिय भूमि आयोगले पर्साका १४ वटै पालिकामा आफ्नो काम अघि बढाएको छ। यसअघिका आयोगले छाडेका अधुरो काम अघि बढाउन सबै पालिकामा लगत संकलनको काम जारी रहेको भूमि आयोग पर्साका अध्यक्ष तवरेज अहमदले जानकारी दिए।

National life

पर्सामा भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गर्न विभिन्न ३ चरणमा १४ वटै पालिका र राष्ट्रिय भूमि आयोगसँग यसअघि सम्झौता गरिसकिएको थियो। 

सोहीअनुसार पर्साको ठोरी गाउँपालिकामा लगत संकलनको काम पूरा भइसकेको र बाँकी १३ वटै पालिकामा लगत संकलनको काम जारी रहेको भूमि आयोगका सदस्य सचिव एवं प्रमुख नापी अधिकृत नारायणकुमार श्रेष्ठले जानकारी दिए। त्यसअनुसार अन्य सबै पालिकामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले लगत फाराम भर्ने गरेका छन्। 

सरकारले दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीमध्ये दलित समुदायलाई निःशुल्क र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई मालपोत निर्धारण मूल्यको ८ देखि २०० प्रतिशत राजस्व बापतको रकम लिएर जग्गाधनी पुर्जा उपलब्ध गराउने योजना अघि बढाइएको श्रेष्ठले जानकारी दिए।

प्रकाशित: Sep 02, 2022| 14:00 शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।