शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विपद् जोखिम न्यूनीकरणको रकम सदुपयोग गर्न गृहमन्त्री खाणको निर्देशन

विपद् जोखिम न्यूनीकरणको रकम सदुपयोग गर्न गृहमन्त्री खाणको निर्देशन

विपद् व्यवस्थापन कोषमा भएको रकम विपद्को समयमै सदुपयोग हुनुपर्ने गृहमन्त्री खाणको सुझाव।
 |  शुक्रबार, भदौ १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १७, २०७९

काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सरकारी कोषबाट उपलब्ध गराइएको रकम सदुपयोग गर्न निर्देशन दिएका छन्। शुक्रबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री खाणले यस्तो बताएका हुन्। 

National life

उनले प्राधिकरणलाई पनि सार्वजनिक खरिद ऐन लागू हुने भन्दै प्रचलित कानुनअनुसार कोषको रकम खर्चिन आग्रह गरे।

उनले भने, ‘यो वर्ष पनि बाढीपहिरोको कारण विभिन्न स्थानमा क्षति पुगेको छ। प्राधिकरणसँग सरकारले प्रदान गरेको कोष भए पनि स्थानीय तह र स्थलगत रूपमा विपद् व्यवस्थापनका लागि त्यो खाले प्राविधिक जनशक्ति व्यवस्थापन भएको अवस्था छैन। सरकारका विभिन्न मन्त्रालय र मातहतका विभागलाई क्रियाशील बनाएर सहयोग र समन्वय गर्नुपर्ने अवस्था छ। बाढीपहिरोले क्षति भएका ठाउँमा स्थानीय पालिकालाई नै जिम्मा दिएर सक्रिय बनाउन प्राधिकरण र मन्त्रालय प्राविधिक सहयोग लिन सक्नुपर्छ।’

विपद् व्यवस्थापन कोषमा भएको रकम विपद्को समयमै सदुपयोग हुनुपर्ने उनको भनाइ छ। गृहमन्त्री खाणले यो वर्ष पनि वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोले ठूलो क्षति भएको बताए।

प्रकाशित: Sep 02, 2022| 15:06 शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।