शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धान गोडेर फर्कंदै गरेका एकै परिवारका तीन जनाको हत्या, आरोपित पक्राउ

धान गोडेर फर्कंदै गरेका एकै परिवारका तीन जनाको हत्या, आरोपित पक्राउ

गाउँकै एक युवाले खुकुरी प्रहार गरेर हत्या गरेको आरोप लागेको छ। आरोपित व्यक्ति पक्राउ गरिसकेको बेलकाका मेयर अशोक कार्कीले जानकारी दिए।
 |  शुक्रबार, भदौ १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १७, २०७९

काठमाडौं- उदयपुरको बेलका नगरपालिका वडा नम्बर ७ मा एकै परिवारका तीन जनाको हत्या भएको छ। ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीया सरिता बस्नेत र उनीहरुको छोरा १२ वर्षीय सुजन बस्नेतको हत्या भएको हो। 

National life

गाउँकै एक युवाले खुकुरी प्रहार गरेर हत्या गरेको आरोप लागेको छ। आरोपित व्यक्ति पक्राउ गरिसकेको बेलकाका मेयर अशोक कार्कीले जानकारी दिए। हत्यापछि फरार रहेका ४० वर्षीय नरबहादुर बस्नेतलाई प्रहरीले खुकुरीसहित पक्राउ गरेको छ। 

बेलकाका मेयर कार्कीका अनुसार राजकुमारको परिवार र नरबहादुरको परिवार नजिकका नातेदार हुन्। पुरानो रिसईबीका कारण नरबहादुरले तीनै जनाको हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ। 

खोला किनारको खेतमा धान गोढेर फर्कने क्रममा शुक्रबार बिहान साढे १० बजेतिर हत्या भएको अनुमान कार्कीको छ। सरिता र सुजनको शव खोलामा भेटिएको थियो भने राजकुमारको शव केही मास्तिर भेटिएको थियो। शवलाई पोस्टमार्टमका लागि उदयपुर अस्पताल पठाउने तयारी भइरहेको कार्कीले जानकारी दिए। 

प्रकाशित: Sep 02, 2022| 19:16 शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।