शनिबार, जेठ २, २०८३

पर्यटक लोभ्याउँदै बेतना सिमसार

मोरङको बेलबारीमा रहेको बेतना सिमसारले यस क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरेको छ।
 |  शुक्रबार, भदौ १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १७, २०७९

मोरङ- मोरङको बेलबारीमा रहेको बेतना सिमसारले यस क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरेको छ।

National life

बेतना सिमसारमा दैनिक करिब आठ सयदेखि हजारसम्म आगन्तुक आउँछन्। यहाँ स्थानीयलगायत भारतको दार्जिलिङ, सिक्किम र बङ्गलादेशबाटसमेत पर्यटक घुम्न आउने गर्छन्।

घुमफिर तथा सुन्दर प्राकृतिक दुश्यावलोकनलाई पूर्वमा पहिलो रोजाइ बन्ने गरेको छ यो क्षेत्र। यहाँ माछा, कछुवा, चराचुरुङ्गी, अनेक जीवजन्तु एवं विविध भौतिक संरचना छन्। बेतना सिमसारमा रहेको विशाल तथा सुन्दर पोखरीमा डुङ्गा सयरको आनन्दमा रमाउनेहरू पनि उत्तिकै भेटिने बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डम्बर बस्नेतले बताए। 

यहाँ अध्ययन अवलोकनका लागि बिदाको दिन शिक्षक विद्यार्थीकोसमेत अहिले चहलपहल बढेको छ। बालबालिकालगायत बूढाबूढी सबैका लागि आनन्द साथ  घुमफिरमा बेतना सिमसारले मन खिच्ने गरेको छ। 

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत राजमार्ग नजिकैको यो क्षेत्र बेलबारीबाट करिब एक किलोमिटरपूर्वमा अवस्थित भएकाले यहाँ आउनेजानेका लागि यातायातको सुविधा रहेको अध्यक्ष बस्नेतले बताए। 

यहाँको प्राकृतिक वातावरणमा रमाउन जाने तथा फोटो खिच्ने र टिकटक बनाउने अहिले निकै हुने गरेका छन्। यहाँ पुगेर जङ्गल, सिमसार र पोखरीको अवलोकन गर्न सकिन्छ। बेतना सिमसार आसपास ससाना होटल व्यवसायलगायत विभिन्न प्रकारका व्यापार व्यवसाय फस्टाउन थालेका छन्।

प्रकाशित: Sep 02, 2022| 07:40 शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।