सिरहा- सिरहाको गोलबजारमा करेन्ट लागेर बाबु-छोराको ज्यान गएको छ। पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर जिल्लाको गोलबजार नगरपालिका-६ ग्रामिण बजरका ४२ वर्षीय विजय साह र उनका छोरा १९ वर्षीय अमनको मृत्यु भएको हो।
इनारभित्र राखेको पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेका बुबालाई छुटाउन गएका छोरालाई पनि करेन्ट लागेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्पेक्टर राजु केसीले जानकारी दिए।
करेन्ट लागर घाइते दुवैजनालाई तत्काल उपचारको लागि स्थानीय भूमिजा अस्पताल पुर्याएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लगि प्रदेशिक अस्पताल लहान लाने क्रममा बाटोमै उनीहरुको मृत्यु भएको प्रहरीको भनाइ छ। दुवै शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल लहानमा राखिएको छ।