पोखरा- पोखरा-१४ छिनडाडामा घरायसी विवादका कारण श्रीमान्ले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेका छन्।
शुक्रबार बिहान स्थानीय लोकबहादुर गुरूङले श्रीमती विमला गुरूङलाई खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ।
कास्की प्रहरीका अनुसार श्रीमतीको हत्यापश्चात् श्रीमान् लोकबहादुरले आफ्नो पेटमा पनि खुकरी हानेका थिए।
बिहान साढे ८ बजेतिर श्रीमान्ले श्रीमतीको टाउकोमा खकुरी प्रहार गरेको प्रहरीको भनाइ छ। उनी त्यही खुकुरी आफ्नो पेटमा हानेर गम्भीर घाइते भएका छन्। लोकबहादुरको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।
घटनाका कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।