विधि विज्ञान प्रयोगशाला काठमाडौंमा भएको परीक्षणको प्रतिवेदनमा राजपुतका छोरा र श्रेष्ठको डीएनए मिलेको हो। प्रयोगशालाले शुक्रबार नै उच्च अदालत जनकपुरलाई पठाएको उक्त रिपोर्ट पठाइसकेको छ।
महिला राजनीतिज्ञको विश्वव्यापी सन्जाल ‘वुमन पोलिटिकल लिडर्स कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी २१ देखि २६ कात्तिकसम्म आइसल्यान्ड भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले बताएको हो।
नागरिकका घरदैलोमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै नेताहरू विभिन्न योजना लिएर गाउँ पस्दै गर्दा बेरोजगार युवाले भने भारतमा मजदुरी गर्न बाटो तताउन थालेका छन्।
नाबालिग बलात्कार अभियोगमा राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ।
गाउँपालिकाले १५ रोपनी र स्थानीय किसान तथा समूहले ३५ रोपनीमा उत्पादन गरेको सयपत्री फूलका थुङ्गा तथा माला बिक्रीबाट गाउँपालिका र स्थानीय समूह तथा कृषकले आम्दानी लिन सफल भएका हुन्।
नेपाल आर्मीले ट्राई एडभेन्चर (सीओएएस) प्रतियोगिताको पाँचौं संस्करण मंसिर ९ गते गर्ने भएको छ। आर्मी हेडक्वाटर्समा बिहीबार पत्रकार सम्मेलन गर्दै आर्मीले प्रतियोगिताबारे जानकारी गराएको हो।