सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा चार जनाको मृत्यु

छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा चार जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारीसाधन दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ।
 |  आइतबार, कात्तिक २०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २०, २०७९

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारीसाधन दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ।

National life

प्रहरीका अनुसार बाँकेको डुडुवा गाउँपालिका–५ स्थित सडकमा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँस्थित शिवराजपुर बस्ने बिमल घर्तिकी छोरी ३ वर्षीया दुर्गा घर्ती रहेकी छन्। 

उनको शनिबार दिउँसो मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएकी उनको नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ।

उता पाल्पाको पूर्व खोला गाउँपालिका–४ मंगलामा लु ४ त ७१९८ नम्बरको ट्रयाक्टर शनिबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रयाक्टर चालक पुर्बखोला गाउँपालिका–२ राक्से बस्ने २२ वर्षीय कमल राना छन्। उनको घटनास्थलमै मृत्यु भएको हो।

त्यसैगरी सर्लाहीको गोडैता नगरपालिका–१ बहादुरपुरस्थित सडकमा डिएल ४ सिए ०१९७ नम्बरको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने हरिन्द्र पासवानकी छोरी २ वर्षीया सुधा कुमारी रहेकी छन्। उनको शनिबार साँझ मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यता भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली चोकमा प्रदेश ३–०२–०१२ प ६३३५ नम्बरको मोटरसाइकल रेलिङमा ठोक्किएर शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–२ घर भई भक्तपुर गठ्ठाघर बस्ने २७ वर्षीय पुण्य बहादुर बोहराको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नागरिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रकाशित: Nov 06, 2022| 15:58 आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।