धनगढी- बाजुरामा एक घरमा आगलागी भएको छ। जिल्लाको बडिमालिका नगरपालिका-८ थापाबडाको एक संयुक्त घरमा आगलागी भएको हो।
आइतबार बिहान वीरबहादुर थापा र धौली थापाको संयुक्त घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
विद्युतको तार सर्ट भइ आगलागी भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले बताएको छ। घटनामा मानविय क्षति नभएको र अन्य क्षतिको विवरण आउँन बाँकी रहेको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको बताइएको छ।