पाल्पा- पाल्पाको पूर्वखोलामा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ। ज्यान गुमाउनेमा २२ वर्षीय कमल राना रहेका छन्।
पूर्वखोला गाउँपालिका वडा नम्बर २ राक्सेका टेक्टर चालक रानाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
रातिको समयमा लु ४ ७१९८ नम्बरको टेक्टर अनियन्त्रित भई दुर्घटना भएको हो। आर्यभञ्याङ–पूर्वखोला कच्ची सडक खण्डको मंगला भन्ने स्थानमा चेवाबाट जल्पातर्फ जाँदै गर्दा ट्याक्टर दुर्घटना भएको थियो।
दुर्घटनाग्रस्त ट्याक्टर सडकबाट करिब पाँच मिटर तल खसेको र घटनाको सम्बन्धमा अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ।