सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शुक्र अस्तले चतुर्मास व्रत उद्यापन रोकिँदैन : धर्मशास्त्रविद्

शुक्र अस्तले चतुर्मास व्रत उद्यापन रोकिँदैन : धर्मशास्त्रविद्

शुक्र अस्तमा चतुर्मास व्रत समापन गर्न नहुने भनी गरिएको प्रचारप्रसार शास्त्रीय नभएकामा धर्मशास्त्रविद्ले जोड दिएका छन्।
 |  आइतबार, कात्तिक २०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २०, २०७९

काठमाडौं- शुक्र अस्तमा चतुर्मास व्रत समापन गर्न नहुने भनी गरिएको प्रचारप्रसार शास्त्रीय नभएकामा धर्मशास्त्रविद्ले जोड दिएका छन्। 

National life

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म घर घरमा विशेषरुपमा तुलसीको पूजा आराधनासहित चतुर्मास व्रत एवम् कार्तिक स्नान गर्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीले कार्तिक शुक्ल द्वादशीदेखि हवन गरेर व्रत समापन गर्ने गर्छन्।

यस वर्ष असोज १४ गते अस्त भएको शुक्र मङ्सिर ६ गते उदय हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। यो अवधिमा कुनै कामनाले गरिने कर्म मात्र गर्न नहुने धर्मशास्त्रविद् समितिका सदस्य प्राडा.देवमणि भट्टराई बताउँछन्। 

चतुर्मास व्रत प्रत्येक वर्षको नियमित कर्म भएकाले शुक्र एवं वृहस्पति अस्तले यस्ता कर्म नरोकिने उनले सुनाए। केही व्यक्तिले सामाजिक सञ्जाललगायतबाट गरेको यससम्बन्धी प्रचारप्रसार गलत रहेको समितिले जनाएको छ। 

धर्मशास्त्रविद् प्राडा.रामचन्द्र गौतम शुक्र अस्त भएकाले चतुर्मास व्रत समापन गर्नुहुन्छ कि हुन्न भनि दैनिक धेरैले सम्पर्क गर्ने गरेको बताउँछन्। तिथिअनुसार प्रत्येक वर्ष मनाइने चाडबाड मनाउन र नियमित व्रत समापन गर्न शुक्र एवम् वृहस्पति अस्तले फरक नपर्ने उनले बताए। पुराण वाचन, विवाह, व्रतबन्धजस्ता कर्म भने शुक्र एवम् वृहस्पति अस्तका बेला गर्नु नहुने शास्त्रीय वचन छ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वादशीदेखि मार्ग शीर्ष कृष्ण पञ्चमीसम्म तुलसीको विशेष पूजा समापन गर्न गरिने हवनका लागि अग्नि जुराउनु पर्दैन। त्यसपछि भने अग्नि जुरेका दिनमा मात्र चतुर्मास व्रत समापनसहित तुलसीको विशेष पूजा उद्यापन गरिन्छ।

प्रकाशित: Nov 06, 2022| 12:06 आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।