सोमबार, वैशाख २८, २०८३

लागूऔषध सेवन गरेर गाडी चलाउने चार जना पक्राउ

ट्राफिक प्रहरीले काठमाडौंको जगाती क्षेत्रमा विशेष जाँचको क्रममा लागूऔषध सेवन गरेर सवारी चलाउने चार जनालाई पक्राउ गरेको छ।
 |  आइतबार, कात्तिक २०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २०, २०७९

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौंको जगाती क्षेत्रमा विशेष जाँचको क्रममा लागूऔषध सेवन गरेर सवारी चलाउने चार जनालाई पक्राउ गरेको छ।

National life

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर, नेपाल प्रहरी अस्पताल, प्रहरी वृत्त जगातीको संयुक्त टोलीले जाँच गर्ने क्रममा लागूऔषध खाएर गाडी चलाएका चार जना पक्राउ गरेको हो।

भक्तपुरको जगाती सडक खण्डमा बा४ख १९५६, बा२४प ११४६, बा७६प ५३८६ र प्रदेश ३–०२–००६ प ८२६ नम्बरको गाडीका चालक पक्राउ परेका हुन्। उनीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जगातीमा राखिएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

जगातीबाटै जाँडरक्सी खाएर चलाएका दुई जना चालक पनि ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्। चालकले लागूऔषध खाएर गाडी चलाए/नचलाएको सम्बन्धमा प्राविधिक टोलीसहित साउन ९ गतेदेखि ट्राफिक प्रहरीले जाँच अभियान सुरु गरेको छ।

प्रकाशित: Nov 06, 2022| 08:36 आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।