सोमबार, वैशाख २८, २०८३

काउलीमा गाँजा लुकाएर तस्करी गर्ने एक जना पक्राउ

काउलीमा लुकाएर गाँजा तस्करी गर्ने एक जनालाई प्रहरीले काठमाडौंको नागढुंगाबाट पक्राउ गरेको छ।
 |  आइतबार, कात्तिक २०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २०, २०७९

काठमाडौं- काउलीमा लुकाएर गाँजा तस्करी गर्ने एक जनालाई प्रहरीले काठमाडौंको नागढुंगाबाट पक्राउ गरेको छ। 

National life

पक्राउ पर्नेमा ६१ वर्षीय साइँला तामाङ रहेका छन्। धादिङको थाक्रे गाउँपालिका-७ घर भएका तामाङलाई चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट एक किलो ६ सय ग्राम गाँजाको धुलोसहित पक्राउ गरिएको प्रहरी वृत्त थानकोटले जनाएको छ।

धादिङको महादेववेशीबाट काठमाडौंतर्फ आउँदै गरेको बा२ख ६३६८ नम्बरको बसमा सवार साइँलाले झोलाभित्र काउलीमा लुकाएर सो गाँजा ल्याएका थिए। 

चेक जाँच गर्ने क्रममा काउलीको बीचमा गाँजाको धुलो भेटिएको प्रहरी वृत्त थानकोटले जनाएको छ। उनी विरुद्ध वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Nov 06, 2022| 10:25 आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।