सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कैलालीको टीकापुरमा सडक मर्मतसम्भार भएपछि आवागमनमा सहज

कैलालीको टीकापुरमा सडक मर्मतसम्भार भएपछि आवागमनमा सहज

टीकापुर नगरपालिका क्षेत्रमा सडक बोर्ड नेपालको साझेदारीमा नगर भित्रका विभिन्न सडकमा खाल्डाखुल्डीको मर्मतसम्भार भएपछि आवागमनमा सहज भएको छ।
 |  शनिबार, कात्तिक १९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १९, २०७९

भजनी- कैलालीको  टीकापुर नगरपालिका क्षेत्रमा सडक बोर्ड नेपालको साझेदारीमा नगर भित्रका विभिन्न सडकमा खाल्डाखुल्डीको मर्मतसम्भार भएपछि आवागमनमा सहज भएको छ। 

National life

कालोपत्रे भएर बिग्रेका सडकको मर्मतसम्भार भएपछि सवारी दुर्घटनामा समेत कमी आउने स्थानीय वीरेन्द्र रावल बताउँछन्। ‘सडकको अवस्था निकै नाजुक थियो केही हदसम्म भए पनि समाधान गर्ने प्रयास नगरपालिकाले गरेको छ।’ नगरपालिकाले बर्सेनि कालोपत्रे गरेका सडकहरू एकदुई वर्षमै जीर्ण बन्ने गरेकाले नगरपालिकाले प्राविधिक सुधार ल्याउनुपर्ने स्थानीय वीरेन्द्र साउँदले जानकारी दिए।

सडकका खाल्डाखुल्डीकै कारण कैयौँ दुर्घटनामा नागरिकहरूले ठूलो मूल्य चुकाउनु परेको बताउँदै सडकलाई एकैनासको बनाउँदा दुर्घटनाको जोखिम कम हुने बताए। उनले भने, ‘केही दिनअगाडि रातिको समयमा मेरो मोटरसाइकल दुर्घटना भयो। हातमा चोट लाग्यो र उपचारका लागि नेपालगञ्ज पुग्नुपर्‍यो।’ 

नगरपालिकाले तीन चरणमा कालोपत्रे सडक मर्मतसम्भारको काम गर्दै आएको नगरपालिकाका योजना प्रमुख इन्जिनियर नवराज जोशीले जानकारी दिएका छन्। उनका अनुसार प्रत्येक वर्ष सडक बोर्ड नेपालले मागका आधारमा कालोपत्रे भएर बिग्रेका सडकलाई मर्मतसम्भारका लागि कुल लागतको ७० प्रतिशत बजेट उपलब्ध गराउँदै आएको छ। त्यसमा ३० प्रतिशत लगानी नगरपालिकाको रहन्छ। त्यसै अनुसार नगरपालिकामा एक किलोमिटर, सात सय आठ मिटर कालोपत्रे सडक मर्मतसम्भारको काम भइरहेको छ।

नगरपालिकाले ६७ लाख ४२ हजार  एक सय एक भ्याटसहितमा आयोजनाको सम्झौता गरेको इन्जिनियर जोशीले बताए।

प्रकाशित: Nov 05, 2022| 22:00 शनिबार, कात्तिक १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।