काठमाडौंबाट शनिबार प्रकाशित अधिकांश राष्ट्रिय दैनिकले विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको विश्वमा बढ्दो संक्रमणका कारण घोषणा गरेको संकटकाललाई प्रमुख विषयवस्तु बनाउँदै चीनमा रहेका नेपालीलाई उद्धारका लागि भैरहेको पहलका विषय समेट्दै...
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ललिता निवास जग्गा हिनामिना छानबिन प्रतिवेदन प्रहरी प्रधान कार्यालय हुँदै गृह मन्त्रालयलाई बुझाएको छ।
शुक्रबार दिउँसो रुपन्देहीको रामापुर भन्ने ठाउँमा विपरित दिशाबाट आएका मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा सैनामैनाका ३० वर्षीय सुदिप चौधरी र २० वर्षीय नवीन चौधरी...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डडेलधुरा आलिताल गाउँ कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अज्ञात समूहले कुटपिट गरी गम्भीर घाइते बनाएको छ। आलिताल गाउँपालिका–३ को वडा बैठकमा सहभागी हुन जाने क्रममा शुक्रबार दिउँसो...
सुर्खेतमा ट्रक र ट्याक्टर आपसमा ठोक्किँदा ट्याक्टर चालक प्रेम कार्कीको मृत्यु भएको छ। ट्याक्टरको ट्रलीले च्यापिएर घाइते भएका कार्कीको उपचारका क्रममा प्रदेश अस्पतालमा मृत्यु भएको हो।
सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोध गर्नेहरु अनुदान विरोधी भएको बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकले केही संसदीय समितिका सदस्यको नाम हेरफेर गरेको छ। सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिका सदस्यको नाम हेरफेर गरेका हुन्।
नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शौरभ शमसेर राणा निलम्बित भएका छन्। एक महिलामाथि यौन हिंसा गरेको उजुरी परेपछि उनलाई गृहमन्त्रालयले निलम्बन गरेको हो।