बुधबार, भदौ ३, २०८३

‘न्याय सम्पादनमा गम्भीर हुुनु जरुरी’

नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्याय सम्पादनमा गम्भीर हुनु जरुरी रहेको बताएका छन्।
 |  शुक्रबार, माघ १७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १७, २०७६

भैरहवा– नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्याय सम्पादनमा गम्भीर हुनु जरुरी रहेको बताएका छन्।

रुपन्देही जिल्ला अदालत बार एसोसिएसनको स्वर्णमहोत्सवलाई सम्बोधन गर्दै उनले भने, ‘न्यायिक आदेश र फैसला गर्दा गम्भीरतापूर्वक गर्नुपर्छ।’

अध्यक्ष श्रेष्ठले न्याय सबैका लागि समान हुनुपर्ने बताए। उनले पछिल्लो समय न्याय परिषद् न्यायाधीश बनाउने थलो मात्रै हुन थालेको भन्दै चिन्ता व्यक्त गरे।

उनले भने, ‘कानुन व्यवसायी मर्यादित र समानित हुन आचारसंहिता पालना गरी दक्षता अभिवृद्धिमा लाग्नुपर्छ। न्याय सम्पादनमा न्यायाधीश स्वतन्त्र हुनुपर्छ। कानुनी राज्यमा न्यायाधीश नियुक्त स्वतन्त्र ढंगले हुँदैन भने न्यायाधीशले न्याय दिनै सक्दैन।’

समारोहमा उच्च अदालत बुटवल इजलासका मुख्य न्यायाधीश बाबुराम रेग्मीले न्यायाधीशले न्याय निरुपण गर्दा गम्भीर हुनुपर्ने बताए।

रेग्मीले कानुन व्यवसायी आवाजविहीनको आवाज भएको हुँदा आचारसंहितामा रहेर आफ्नो दायित्व निर्वाह गरेमा न्याय सम्पादनमा त्रुटि नहुने समेत बताए।

प्रदेश ५ का सभासद सन्तोष पाण्डेयले न्याय सम्पादन गर्दा पूर्वाग्रही हुन नहुने बताए। पूर्वसभासद् आदित्यनारायण कसौधनले आम जनतालाई न्याय दिने सबालमा बार–बेन्चको भूमिका प्रभावकारी हुनुपर्ने बताए।

कार्यक्रममा रुपन्देही जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष नरसिंह चौधरी, सचिव रामबहादुर बस्नेत, सिद्धार्थनगरका प्रमुख हरिप्रसाद अधिकारी, निमित्त प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, भवन निर्माण समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता कमलराज जोशी, सदस्यसचिव राममणि भूर्तेललगायतले सम्बोधन गरेका थिए।

एक करोड ३७ लाख लागतमा बारको सुविधा सम्पन्न भवन निर्माण भएको रुपन्देही बारका अध्यक्ष नरिसंह चौधरीले बताए।

कार्यक्रममा रुपन्देही जिल्ला अदालत बार भवन उद्घाटन तथा कानुनी चर्चा स्मारिका विमोचन गरिएको थियो।

 

प्रकाशित: Jan 31, 2020| 12:21 शुक्रबार, माघ १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।