बिहीबार, असोज २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • खरिदार, शिक्षक र प्रहरी जवानविरुद्ध भ्रष्टाचार मुद्दा

खरिदार, शिक्षक र प्रहरी जवानविरुद्ध भ्रष्टाचार मुद्दा

मालपोतका खरिदार, शिक्षक र प्रहरी जवान गरी तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदलतमा मुद्दा दायर गरेको छ।
 |  शुक्रबार, माघ १७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १७, २०७६

काठमाडौं - मालपोतका खरिदार, शिक्षक र प्रहरी जवान गरी तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदलतमा मुद्दा दायर गरेको छ।

अख्तियारले घुससहित रंगेहात पक्राउ परेका भूमिसुधार तथा मालपोत कार्यालय नवलपरासी पश्चिमका खरिदार नेत्र बहादुर चौधरी, महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी जवान लोग बहादुर खड्का तथा नक्कली शैक्षिक प्रमाणपत्रसहित नियन्त्रणमा लिइएका शिव मावि केशवटार तनहुँका शिक्षक श्रीप्रसाद पौडेलविरुद्ध विशेषमा मुद्दा दायर गरेको हो।

खरिदार चौधरीले मोही जग्गा बाँडफाँड गरिदिने प्रयोजका लागि भन्दै सेवाग्राहीबाट ४० हजार घुस लिएका थिए भने प्रहरी जवान खड्काले मोटरसाइकलको कागजात लगेर बिना रसिद २ हजार घुस लिएका थिए।

शिक्षक पौडेलले सेवा प्रवेश तथा बढुवाको सिलसिलामा पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको प्रमाणित भएको थियो। पौडेल हाल कालिका मावि बन्दिपुर-२ तनहुँमा प्रधानाध्यापकको जिम्मेवारीमा रहेको बुझिएको छ।

प्रकाशित: Jan 31, 2020| 16:46 शुक्रबार, माघ १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।