बुधबार, भदौ ३, २०८३

सांसद महतकाे आरोप– छाउगोठका नाममा घर भत्काइयो

प्रतिनिधिसभाका सांसद गजेन्द्रबहादुर महतले छाउगोठका नाममा सरकारले घर भत्काएको आरोप लगाएका छन्।
 |  शुक्रबार, माघ १७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १७, २०७६

काठमाडौं– प्रतिनिधिसभाका सांसद गजेन्द्रबहादुर महतले छाउगोठका नाममा सरकारले घर भत्काएको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकको शून्य समयमा बोल्ने सांसद महत छाउगोठका नाममा घर भत्काइएको भन्दै गृहमन्त्रालयको आलोचनासमेत गरेका छन्।

“काम नपाए... , कुकुरको पुस (पुच्छर) कन्याऊ। हाम्रो गामघरतिर उखान छ। अहिलेको गृहमन्त्रालय यस्तै छ,” सांसद महतले भने, “छाउगोठको नाममा हाम्रा घर भत्काइएको छ। एउटा व्यक्तिको मृत्यु भएको भन्दैमा घर भत्काउन पाइन्छ?”

उनले थपे, “आठ जना मान्छेको होटलमा मृत्यु भएको छ, होटल भत्काउँदै हिँड्ने ? हजारौं मान्छेको बसमा मृत्यु भएको छ, बसमा आगो लगाउँदै हिँड्ने त ? यो पनि तरिका हुन्छ ?”

उनले सरकार भ्रष्टाचारीलाई कारवाही गर्नुको साटो नचाहिँदो काममा लागेको टिप्पणी गरे।

“चाहिँदो काम गर्नु पर्यो नि। जिल्लामा त्यत्रो भ्रष्टाचार भएको छ। नुन बेचिएको छ, औषधि बेचिएको छ उनीहरूलाई सम्हाल्नु छैन। त्यत्रो पुलको बेहाल छ, बाटोका बेहाल छ, ठेकदारको ठेगान छैन। तिनलाई कारवाही गर्नु पर्दैन ?”

उनले थपे, “स्कुलको अवस्था बेहाल छ, हस्पिटलको व्यवस्था बेहाल छ, तिनलाई कारवाही गर्नु पर्दैन ?”

प्रकाशित: Jan 31, 2020| 11:54 शुक्रबार, माघ १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।