बुधबार, भदौ ३, २०८३

सरकार असफल र भ्रष्टः राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान सरकार पूर्णरुपमा असफल भएको, नीतिगत भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएको छ।
 |  शुक्रबार, माघ १७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १७, २०७६

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान सरकार पूर्णरुपमा असफल भएको, नीतिगत भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएको छ।

राप्रपाको जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत गरेको राजनीतिक कार्यपत्रमा सरकारलाई असफल र भ्रष्ट भनिएको हो ।

कार्यपत्रमा देशमा धर्म परिवर्तनको डढेलो पसेको पनि उल्लेख गरिएको छ।

‘राज्य सञ्चालनको हरेक पक्षमा सरकार असफल प्रमाणित भएको छ। सरकारले सकारात्मक परिवर्तनको अनुभूति दिन सकेको छैन,’ कार्यपत्रमा भनिएको छ, ‘ लगानी प्रवर्धन, रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, व्यापार घाटाको न्युनिकरण, शिक्षा र स्वास्थ्यको गुणस्तर अभिवृद्धि गर्ने सन्दर्भमा सरकार पुरै असफल भएको छ।’

गत १४ वर्षको राजनीतिक अभ्यासपछि अहिले देश झन् संकटग्रस्त हुँदै गएको, संस्थागत एवं नीतिगत भ्रष्टाचार बढेको, धर्मपरिवर्तनको डढेलो सल्किएको, बेरोजगारी समस्या बढेको, सर्वसत्तावाद र बाह्य शक्तिको चलखेलको चुनौती थपिएको समेत राप्रपाले औंल्याएको छ।

प्रकाशित: Jan 31, 2020| 14:52 शुक्रबार, माघ १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।