बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा केन्द्रीय कमिटी बैठक : आयोग बनाएर नेताको सम्पत्ति छानबिन गरौं

नेकपा केन्द्रीय कमिटी बैठक : आयोग बनाएर नेताको सम्पत्ति छानबिन गरौं

काठमाडौंबाट शनिबार प्रकाशित अधिकांश राष्ट्रिय दैनिकले विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको विश्वमा बढ्दो संक्रमणका कारण घोषणा गरेको संकटकाललाई प्रमुख विषयवस्तु बनाउँदै चीनमा रहेका नेपालीलाई उद्धारका लागि भैरहेको पहलका विषय समेट्दै समाचार प्रकाशन गरेका छन्।
 |  शनिबार, माघ १८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ १८, २०७६

काठमाडौं - काठमाडौंबाट शनिबार प्रकाशित अधिकांश राष्ट्रिय दैनिकले विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको विश्वमा बढ्दो संक्रमणका कारण घोषणा गरेको संकटकाललाई प्रमुख विषयवस्तु बनाउँदै चीनमा रहेका नेपालीलाई उद्धारका लागि भैरहेको पहलका विषय समेट्दै समाचार प्रकाशन गरेका छन्। यसका लागि नेपाल सरकारले तीन उच्चस्तरीय समिति बनाएको छ भने वुहानका नेपाली विद्यार्थी फिर्ता ल्याउन माग गर्दै चीनलाई पत्र पठाएको छ।

यो समाचारलाई धेरैजसो पत्रिकाले मुख्य प्राथमिकतामा राख्दा नयाँ पत्रिकाले भने नेकपा केन्द्रीय कमिटी बैठकको समूहगत छलफलमा उठेका कुरालाई प्राथमिकतामा राख्दै समाचार प्रकाशन गरेको छ। यस्तै राष्ट्र बैंकले समाजिक सञ्जालमार्फत गरिने अवैध विज्ञापन रोक्न जारी गरेको निर्देशनलाईसमेत आज प्रकाशित राष्ट्रिय दैनिकले प्रथम पृष्ठमा स्थान दिएका छन्।

नेकपा केन्द्रीय कमिटी बैठक : आयोग बनाएर नेताको सम्पत्ति छानबिन गरौं

नयाँ पत्रिका लेख्छ, नेकपा केन्द्रीय कमिटी बैठकमा सदस्यले सरकार, पार्टी र नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। समूहगत छलफलपछि शुक्रबार टोली नेताले पूर्ण बैठकमा नेता कार्यकर्तामा अनुशासन र आर्थिक आचरण कमजोर बन्दै गएको रिपोर्टिङ गरे। एमसीसी यथास्थितिमा स्वीकार नगर्न अधिकांश सदस्यको सुझाब छ।

यस्तै समूहका नेताहरुले बाहिर पार्टी प्रतिरक्षा गर्न सकिने, तर भित्र पार्टीबारे निर्मम समीक्षा गर्नुपर्ने अवस्था आएकोमा जोड दिएका छन्। नेकपा पार्टी जस्तो नभएको, गुटले खाएको, नेतृत्वले नै गुटको नेतृत्व गरेको निष्कर्ष पार्टी नेताले समूहगत छलफलका दौरान उठाएका छन्।

पार्टी नेता कमला रोकाले पार्टी दलाल, नोकरशाही र पुँजीवादीको जस्तो बनेको भन्दै केन्द्रीय कमिटी र राजकीय जिम्मेवारीमा रहेका नेताहरुको सम्पत्ति छानबिनका लागि आयोग बनाउनुपर्ने र एमसीसी मुद्दामा सुझबुझपूर्ण निर्णय लिनुपर्ने बताइन्।

बुधबार अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णु पौडेलको संगठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि केन्द्रीय सदस्यहरु १५ समूहमा बाँडिएर छलफल गरेका थिए।

प्रकाशित: Feb 01, 2020| 07:01 शनिबार, माघ १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।