बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दूध बेच्न गएकी महिलालाई टिप्परले किच्यो, स्थानीयद्वारा थुप्रै टिप्परमा आगजनीसाथै तोडफोड

दूध बेच्न गएकी महिलालाई टिप्परले किच्यो, स्थानीयद्वारा थुप्रै टिप्परमा आगजनीसाथै तोडफोड

दूध बेच्न गएकी महिलालाई ठक्कर दिएको टिप्परले फेरि ब्याक गरेर ज्यान लिएपछि गोरखा तनावग्रस्त बनेको छ । शुक्रबार बिहान दूध बेच्न निस्किएकी
 |  शुक्रबार, माघ १७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १७, २०७६

गोरखा- दूध बेच्न गएकी महिलालाई ठक्कर दिएको टिप्परले फेरि ब्याक गरेर ज्यान लिएपछि गोरखा तनावग्रस्त बनेको छ ।

शुक्रबार बिहान दूध बेच्न निस्किएकी गोरखा नगरपालिका १० अमलापानीकी ५२ वर्षीया मनमाया तामाङलाई ठक्कर दिएको ग १ ख ८०२७ नम्बरको टिप्परले फेरि ‘ब्याक’ गरेर किचेको स्थानीय वासिन्दाले बताएका छन्। महिलाको घटनास्थल (गोरखकाली क्रसर नजिक) मै मृत्यु भएको छ ।

घटनापछि ठूलो संख्यामा स्थानीयले प्रदर्शन गरेका छन्। उनीहरुले मनमायालाई  ठक्कर दिएको टिप्परसँगै अन्य दुईवटा टिप्पर जलाएका छन् ।

आक्रोशित स्थानीयले दर्जन बढि टिप्परमाथि तोडफोड समेत गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बासुदेव खतिवडाले जानकारी दिए । उनले २० वटा टिप्पर र ६ वटा एक्साभेटरमा तोडफोड भएको बताए।

डिएसपी खतिवडाका अनुसार मनमायाका आफन्तले उनको शव बुझ्न मानेका छैनन्। क्षतिपूर्तिसँगै क्रसरहरु बन्द नगरेसम्म शव नबुझ्ने आफन्तले अडान लिएका छन्  उनीहरुले क्रसर सञ्चालकहरुलाई घटनास्थलमै ल्याउन पनि माग गरेका छन् ।

स्थिति तनावग्रस्त भए पनि प्रहरीले भीड नियन्त्रणमै राखेको डिएसपी खतिवडाले बताए । उनका अनुसार वार्ताको प्रयास भइराखेको छ भने शव र टिप्पर घटनास्थलमै छ। प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित: Jan 31, 2020| 12:04 शुक्रबार, माघ १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।