बिहीबार, असोज २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चीनमा रहेका विद्यार्थीको उद्धार गर्न कांग्रेसको माग

चीनमा रहेका विद्यार्थीको उद्धार गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले चीनमा रहेका नेपाली विद्यार्थीहरुको उद्धार गर्न माग गरेको छ।
 |  शुक्रबार, माघ १७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १७, २०७६

काठमाडौं- नेपाली कांग्रेसले चीनमा रहेका नेपाली विद्यार्थीहरुको उद्धार गर्न माग गरेको छ।

सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरुलाई नेपाल ल्याउने प्रबन्ध मिलाउन सरकारसँग माग गरेका छन्।

सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘कयौँ देशले चीनको वुहान शहरबाट आफ्ना नागरिकलाई स्वदेश फर्काइसकेको विवरण आएका छन्। तर, त्यहाँ रहेका करिब एकसय नेपाली विद्यार्थीसँगै अन्य नेपालीलाई स्वदेश फर्काउन सरकारले कुनै गम्भीरता नदेखाउनु दुःखद र आपत्तिजनक छ। कोरोना भाइरसको संक्रमणबाट जोगाउँदै वुहानका नेपालीलाई यथाशीघ्र नेपाल ल्याउने प्रबन्ध मिलाउन म सरकारलाई अनुरोध गर्दछु।’

कोरोना भाइरस प्रवेश हुन नदिन विशेष हेल्थ डेस्क सञ्चालनका लागि पनि कांग्रेसले माग गरेको छ।

देउवाले कोरोनाबाट ज्यान गुमाउनेहरुप्रति सम्बेदनासमेत प्रकट गरेको छन्।

प्रकाशित: Jan 31, 2020| 18:30 शुक्रबार, माघ १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।