बिहीबार, असोज २९, २०८३

३० लाखको लोभमा ३ लाख गुम्यो

नक्कली प्रहरी बनेर ठग्दै हिँड्ने रामेछापका एक युवाले सिन्धुपाल्चोकका अर्का युवाको ३ लाख रुपैयाँ ठगी गरेका छन्।
 |  शुक्रबार, माघ १७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १७, २०७६

काठमाडौं– नक्कली प्रहरी बनेर ठग्दै हिँड्ने रामेछापका एक युवाले सिन्धुपाल्चोकका अर्का युवाको ३ लाख रुपैयाँ ठगी गरेका छन्।

सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका लक्ष्मण गिरी र रामेछाप मन्थली नगरपालिकाका राजु कार्कीबीच माघ पहिलो साता काठमाडौंको मुलपानीमा पहिलो पटक भेट भएको थियो।

राजुले आफूलाई त्रिभुवन विमानस्थलमा कार्यरत नेपाल प्रहरीको सई बताउँदै लक्ष्मणसँग मित्रताको हात बढाए। उनीहरुबीच भेटघाट बाक्लिन थाल्यो।

एयरपोर्टमा काम गर्दा गैर कानूनी रुपमा आफूले ठूलो रकम कमाएको र राख्न समस्या भएको समेत उनले लक्ष्मणलाई बताएका थिए। राजुको कमाई सुनेर लक्ष्मण झन उनीप्रति आकर्षित भए।

एक दिन राजुले आफ्नो खातामा ३० लाख रुपैयाँ रहेको र अनुसन्धानमा पर्न सक्ने हुँदा उक्त रकम लक्ष्मणको बैंक खातामा राखिदिने बताए। ३० लाख रुपैयाँ आफ्नो खातामा जम्मा हुने सुनेपछि लक्ष्मण पनि दंग परे।

तर राजुले रकम सार्नका लागि आफ्नो खातामा थप ३ लाख रुपैयाँसम्मकोे ‘ट्रान्जेक्सन’ देखाउनु जरुरी रहेको बताए। त्यसपछि लक्ष्मण हेलम्बु गएर ३ लाख रुपैयाँ ल्याए।

गाउँबाट ल्याएको तीन लाख रुपैयाँ लक्ष्मणले माघ १३ गते नेपाल बैंकको कालिमाटी शाखामा रहेका राजुको खातामा जम्मा गरिदिए।

“एउटै शाखाबाट कारोबार गर्दा शंका हुने भन्दै राजुले लक्ष्मणलाई कालिमाटीबाट चाबहिल पु¥याएर आफू चाहिँ फरार भएछ,” महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी मुकेश कुमार सिंह भन्छन्।

सिंहका अनुसार चाबहिलस्थित नेपाल बैंक लिमिटेडको शाखामा पुगेर राजु मोटरसाइकल पार्किङ गर्न निस्किए। तर, मोटरसाइकल पार्किङ गर्न गएका उनी घण्टौं नफर्किएपछि बल्ल लक्ष्मणले आफू ठगिएको चाल पाए।

लक्ष्मणले राजुविरुद्ध ठगीको अभियोगमा उजुरी गरेकोे चार दिनपछि राजुलाई प्रहरीले बिहीबार कलंकीबाट पक्राउ गर्यो ।

नक्कली प्रहरी बनेर ठग्दै हिँड्ने २६ वर्षीय राजुको धन्दा नै रहेको खुलेको एसपी सिंहले बताए। “राजुबाट ठगीनेको संख्या अरु पनि छ जस्तो छ,” सिंहले भने, “उनी आफैले पनि २–३ जनालाई ठगेको स्वीकारेका छन्।”

ठगेको रकमले आफन्तको बिहेमा चितवन जानका लागि राजुले कपडा सिलाएको, मोटरसाइकल मर्मत गरेको र ठमेलमा गएर होटलमा खर्च गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

राजु यसअघि २०७२ सालमा ठगीको मुद्दामा ६ महिना कैद र ६८ हजार रुपैयाँ विगोको सजाय भोगिसकेका व्यक्ति हुन्। जेल सजाय भुक्तान गरेपछि पनि उनी ठगी धन्दामा नै फर्किएको खुलेको छ।

उनको साथबाट प्रहरीले ७ हजार ५ सय नगद र मोटरसाइकल बरामद गरेको छ।

प्रकाशित: Jan 31, 2020| 18:18 शुक्रबार, माघ १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।