बिहीबार, असोज २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमसीसीको विरोध गर्ने अनुदानविरोधी हुन् : सञ्चारमन्त्री बाँस्कोटा

एमसीसीको विरोध गर्ने अनुदानविरोधी हुन् : सञ्चारमन्त्री बाँस्कोटा

सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोध गर्नेहरु अनुदान विरोधी भएको बताएका छन्।
 |  शुक्रबार, माघ १७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १७, २०७६

इटहरी- सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोध गर्नेहरु अनुदान विरोधी भएको बताएका छन्।

इटहरीमा शुक्रबार नेपाल टेलिभिजनको इटहरी च्यानलको औपचारिक उद्घाटनमा गर्दै सञ्चारमन्त्री बाँस्कोटाले एमसीसीको विरोध गर्नेहरू नेपाललाई आउने अनुदानको विरोधी भएको जिकिर गरे।

सरकारका प्रवक्ता समेत रहेका बाँस्कोटाले एमसीसीले सडक र ट्रान्समिसन लाइन मात्रै बनाउने दाबी गरे। अमेरिकी सेना आउने र परेड खेल्ने कुरा गलत भएको भन्दै मन्त्री बाँस्कोटाले तर्क गरे। उनले भने, ‘आजको सूचना प्रविधिको युगमा अमेरिकाले नेपालमा खाङ्ग्री लाएर परेड खेल्नु पर्दैन। एक क्लिकबाट समुन्द्र र आकाशबाट काम हुन्छ।’

नेपालले शक्ति राष्ट्र, मित्र राष्ट्र र दातृ निकायको अनुदान लिने बाँस्कोटाले बताए।

मन्त्री बाँस्कोटाले पत्रकारले लाइसेन्स परीक्षा लिनुपर्ने प्रावधान हाल नहुने बताउँदै समानुपातिक विज्ञापन र क्लिन फिड जसरी पनि लागू हुने बताए।

प्रकाशित: Jan 31, 2020| 15:45 शुक्रबार, माघ १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।