बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनकपुर इन्जिनियरिङ कलेजमा विद्यार्थीहरुको प्रदर्शन

जनकपुर इन्जिनियरिङ कलेजमा विद्यार्थीहरुको प्रदर्शन

सिभिल इन्जिनियरिङका दोस्रो र तेस्रो वर्षका विद्यार्थीहरुले प्रदर्शनका क्रममा प्रशासन कक्षका फर्निचर समेत जलाएका छन्।
 |  शुक्रबार, माघ १७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १७, २०७६

काठमाडौं– ललितपुरको कोपुण्डोलस्थित जनकपुर इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले कलेज प्रशासन विरुद्ध प्रदर्शन गरेका छन्।

सिभिल इन्जिनियरिङका दोस्रो र तेस्रो वर्षका विद्यार्थीहरुले प्रदर्शनका क्रममा प्रशासन कक्षका फर्निचर समेत जलाएका छन्।

विभिन्न माग राख्दै एक सातादेखि प्रदर्शन गर्दै आए पनि कलेज प्रशासनले सुनुवाई नगरेकाले फर्निचरमा आगजनी भएको प्रदर्शनकारीले बताए।

"परीक्षा आउने बेला भइसक्यो, अझै कोर्ष पूरा भएको छैन, शिक्षकहरु आउन छोडिसके। तेस्रो वर्षका विद्यार्थीलाई अहिलेसम्म फिल्ड सर्भेमा पठाइएको छैन,” आन्दोलनरत विद्यार्थी सन्नी साहले भने ।

साहका अनुसार कलेजका प्रमुख कार्यकारी अधिकृतलाई नियमित कक्षा सञ्चालन गराउन बारम्बार आग्रह गरिए पनि उनले बेवास्ता गरिरहेका छन्।

विद्यार्थीहरुले इन्जिनियरिङ अध्ययन संस्थान, डीनको कार्यालयसँग कलेज अनुगमनको माग पनि गरेका छन्।

प्रकाशित: Jan 31, 2020| 14:30 शुक्रबार, माघ १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।