काठमाडौं - नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शौरभ शमसेर राणा निलम्बित भएका छन्। एक महिलामाथि यौन हिंसा गरेको उजुरी परेपछि उनलाई गृहमन्त्रालयले निलम्बन गरेको हो।
राणामाथि अनुसन्धान गर्नका लागि निलम्बन गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ। संघीय प्रहरी इकाई कार्यालय सुनसरी (धरान) मा कार्यरत एसएसपी राणालाई शुक्रबार मन्त्रालयले निलम्बन गरेको हो। गृहले राणामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पनि पत्राचार गरेको छ। एसएसपी राणाले आफूलाई लामो समयदेखि यौन शोषण गरेको आरोप महिलाले लगाएकी थिइन्। तर राणाले भने ति महिलाको आरोप निराधार रहेको बताउँदै आएका छन्।