बैतडीमा चितुवाको आक्रमणबाट बालिकाको ज्यान गएको छ। तल्लो सोराड क्षेत्रको मेलौली नगरपालिका–९, असुरका रामबहादुर लुहारकी ८ वर्षीया छोरी सीताको चितुवाको आक्रमणबाट ज्यान गएको हो।
रोल्पा सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माध्यमिक विद्यालयले स्मार्टबोर्डबाट पठनपाठन शुरुआत गरेको छ। शैक्षिक उन्नयन गर्न भन्दै विद्यालयले रु. २२ लाख लगानीमा सो बोर्ड जडान गरी पठनपाठन शुरु गरेको हो...