बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आजबाट स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई पनि 'अन–अराइभल' भिसा नदिने

आजबाट स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई पनि 'अन–अराइभल' भिसा नदिने

कोरोनाको जोखिम बढेसँगै नेपाल सरकारले आज (मंगलबार)बाट स्पेन, फ्रान्स, जर्मनीका नागरिकलाई 'अन-अराइभल' भिसा नदिने भएको छ ।
 |  मंगलबार, फागुन २७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २७, २०७६

काठमाडौं- कोरोनाको जोखिम बढेसँगै नेपाल सरकारले आज (मंगलबार)बाट स्पेन, फ्रान्स, जर्मनीका नागरिकलाई अन–अराइभल’ भिसा नदिने भएको छ ।

कोरोना प्रभावित यी युरोपेली मुलुकका नागरिकलाई अन–अराइभल’ भिसा नदिने निर्णय भएसँगै यस्तो भिसा नपाउने देशको संख्या आठ पुगेको छ ।

अध्यागमन विभागले अघिल्लो साता चीन तथा चीन(प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान र इटलीका नागरिकलाई अन–अराइभल’ भिसा नदिने निर्णय गरेको थियो ।

यी देशका नागरिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउँदा सम्बन्धित देशका नेपाली दूताबास वा नियोगमा स्वस्थ रहेको प्रमाणपत्र बुझाएर भिसा लगाउनुपर्छ ।

प्रकाशित: Mar 10, 2020| 04:30 मंगलबार, फागुन २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।