बिहीबार, भदौ ४, २०८३

बैतडीमा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

बैतडीमा चितुवाको आक्रमणबाट बालिकाको ज्यान गएको छ। तल्लो सोराड क्षेत्रको मेलौली नगरपालिका–९, असुरका रामबहादुर लुहारकी ८ वर्षीया छोरी सीताको चितुवाको आक्रमणबाट ज्यान गएको हो।
 |  मंगलबार, फागुन २७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २७, २०७६

धनगढी– बैतडीमा चितुवाको आक्रमणबाट बालिकाको ज्यान गएको छ। तल्लो सोराड क्षेत्रको मेलौली नगरपालिका–९, असुरका रामबहादुर लुहारकी ८ वर्षीया छोरी सीताको चितुवाको आक्रमणबाट ज्यान गएको हो।

बालिकालाई मंगलबार बिहान ४ बजे ओछ्यानमा सुतेकै अवस्थामा चितुवाले आक्रमण गरेको थियो। घरदेखि करिब पाँच सय मिटर पर शव फेला परेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख डिएसपी डिल्लीनारायाण पाण्डेयले जानकारी दिए।

गत साता चितुवाको आक्रमणबाट बालक घाइते भएका थिए । तल्लो सोराड क्षेत्रमा २०६४ सालयता चितुवाको आक्रमणबाट २५ जानाको ज्यान गइसकेको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 10, 2020| 04:44 मंगलबार, फागुन २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।