बिहीबार, भदौ ४, २०८३

रातारात बनाएको वुहानको अस्पताल खाली

गएको डिसेम्बर अन्तिममा कोरोना भाइरसको संक्रमण देखिएपछि चीनको वुहानमा रातारात बनाइएको अस्पताल अहिले खाली भएको छ।
 |  मंगलबार, फागुन २७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २७, २०७६

काठमाडाैं– गएको डिसेम्बर अन्तिममा कोरोना भाइरसको संक्रमण देखिएपछि चीनको वुहानमा रातारात बनाइएको अस्पताल अहिले खाली भएको छ। संक्रमण बढ्दै गएपछि ६ दिनमा एक हजार बेडको अस्पताल बनाइएको थियो।

चीनबाट अन्य देशमा पनि महामारीको रुपमा फैलिएको कोरोना अहिले चीनमा भने नियन्त्रण उन्मुख छ। सोमबार चीनमा १९ जनामा मात्र कोरोना भाइरसको नयाँ संक्रमण भेटिएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ। एक महिनाअघिसम्म पनि चीनमा कोरोनाको संक्रमण दर तीव्र थियो।

कोरोनाको आशंकामा उपचाररत हजारौं बिरामी घर फर्किएपछि वुहानको अस्पताल खाली भएको छ। बिरामी नभएपछि सोमबारदेखि अस्पताल बन्द गरिएको छ ।

प्रकाशित: Mar 10, 2020| 05:25 मंगलबार, फागुन २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।