बिहीबार, भदौ ४, २०८३

मुख्यमन्त्री राउत ‘महामूर्ख’

मिथिला नाट्यकला परिषद्ले होलीको अवसरमा आयोजना गरेको महामूर्ख सम्मेलनमा राउत यस वर्षको महामूर्ख घोषित भएका हुन्।
 |  सोमबार, फागुन २६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २६, २०७६

जनकपुरधाम– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत ‘महामूर्ख’ घोषित भएका छन्। मिथिला नाट्यकला परिषद्ले होलीको अवसरमा आयोजना गरेको महामूर्ख सम्मेलनमा राउत यस वर्षको महामूर्ख घोषित भएका हुन्।

मिथिला नाट्यकला परिषद्ले हरेक वर्ष होलीको अवसरमा राजनीतिज्ञ, साहित्यकार, सामाजिक अभियन्तामध्ये एकजनालई महामूर्खको उपाधि दिने गरेको छ। उपाधि महामूर्खको भए पनि सामाजिक वा राजनीतिक क्षेत्रमा उच्च योगदान दिने व्यक्तिलाई प्रदान गरिन्छ ।

महामूर्खको साथै विभिन्न राजनीतिकर्मी तथा साहित्यकारहरुलाई अन्य व्यंंग्यात्मक मानपदवीले सम्मानित गरिएको छ। यसरी सम्मानित हुनेहरुमा प्रदेश २ का राजपाका प्रमुख सचेतक परमेश्वर साह, समाजवादी पार्टीका उपनेता रामआशिष यादव, प्रदेशसभा सदस्य मनिष सुमन, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, युवा अभियन्ता सुशील कर्णलगायत छन्।

मिथिला नाट्यकला परिषद्ले होलीको अवसर पारेर विगत २६ वर्षदेखि महामूर्ख सम्मेलनको आयोजना गर्दै आइरहेको छ।

प्रकाशित: Mar 09, 2020| 11:35 सोमबार, फागुन २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।