बिहीबार, भदौ ४, २०८३

नाबालकले साढे दश लाख रुपैयाँ चोरेपछि...

सुर्खेतमा एक नाबालकले साढे दश लाख रुपैयाँ चोरी गरेका छन्।
 |  सोमबार, फागुन २६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २६, २०७६

सुर्खेत- सुर्खेतमा एक नाबालकले साढे दश लाख रुपैयाँ चोरी गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर–६ खोक्रेलाईनका नन्दराम भण्डारीको घरबाट बालकले १० लाख ५० हजार रुपैयाँ चोरेका हुन्।

घरमा कोही नभएको अवस्थामा घरको पछाडिको ढोकाबाट भित्र पसेर दराजको लक फोडेर १० लाख ५० हजार रुपैयाँ चोरी भएको जाहेरीका आधारमा नाबालकलाई पक्राउ गरिएको सुर्खेतका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवि रावलले जानकारी दिए।

१ लाख २० हजार रुयैयाँ सहित पक्राउ परेका ति नाबालकको नाम भने गोप्य राखिएको छ।

प्रहरीका अनुसार चोरीमा अन्य बालबालिका पनि संलग्न रहेको हुने सक्ने जनाएको छ।

बालकले प्रहरीसँग चोरी गरेको पैसामध्ये आफूले ३ लाख रुपैयाँ मात्रै लिएको जनाएका छन्।

चोरीमा संलग्न अन्य बालबालिकाको खोजी भइरहेको डीएसपी रावलले जनाए।

प्रकाशित: Mar 09, 2020| 12:18 सोमबार, फागुन २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।